सर्वोच्चको फैसला अघि नै एमाले विवाद टुङ्गिएला त ? — OSNepal

सर्वोच्चको फैसला अघि नै एमाले विवाद टुङ्गिएला त ?

LC (KTM) June 27, 2021 0

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहनुभएको छ । आइतबार सो पक्षका बहस टुङ्गिनेछ ।यो खबर गोरखापत्र दैनिकमा छ ।

रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी सरकार पक्षका कानुन व्यवसायीको बहस शुरु हुनेछ । सम्भवतः यो महिनाको अन्तिमसम्म सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमाथिको बहस टुङ्ग्याएर आफ्नो फैसला सुनाउनेछ । तबसम्म एमाले भित्रको दोस्रो पुस्ताका नेताहरु आन्तरिक विवाद सल्टाइसक्ने लक्ष्यसाथ काम गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर