काठमाडौं :
पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल शंकरनगरका कपिल सिन्धौली रहेका छन् । उनको अक्टोबर ६ तारिखमा हृदयघातका कारण निधन भएको बताइएको छ ।
उनको दशैको भोलिपल्ट मृत्यु भएको हो । अन्दाजी २७ बर्षीय उनी पेगोईसमा बस्दै आएका थिए । बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल गएका कपिल को मृत्युपछि थप अनुसन्धानका लागि प्रहरीले शव अस्पताल लगेको छ ।
उनको निधनले पोर्चुगलको नेपाली समाज शोकमा डुबेको छ ।