जारी युरोकपमा अष्ट्रियालाई हराउँदै इटालीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्यो — OSNepal

जारी युरोकपमा अष्ट्रियालाई हराउँदै इटालीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्यो

LC (KTM) June 27, 2021 0

काठमाडौं । गएरातीबाट सुरु भएको नकआउट चरणको खेलमा इटालीले अस्ट्रियाविरुद्ध शानदार खेल खेलेको छ । अस्ट्रियामाथि २ १ को जित निकाल्दै इटाली युरोपेली च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयलाई सदुपयोग गर्दै ९५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । अतिरिक्त समयको सुरुवातीमा नै अष्ट्रियालाई दबाबमा राख्न सफल भएको इटालीले १०५ मिनेटमा दोस्रो गोल गर्‍यो ।

आर्सबीको पासमा माटेओ पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । दुई गोल खाएको अष्ट्रियाले तत्कालै गोल पर्काउँदै अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा खाता खोले । तर त्यसपछि अरु गोल गर्न नसकेपछि अष्ट्रिया घर फर्किन बाध्य बन्यो ।

अष्ट्रियालाई हराउँदै इटालीले नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गर्न सफल भयो । लगातार ३१ खेल अपराजित रहँदै इटालीले ८२ वर्ष पुरानो कीर्तिमान तोडेर विश्वकिर्तीमानी कायम गरेको छ । अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर