आज पनि ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह — OSNepal

आज पनि ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह

LC (KTM) June 27, 2021 0

काठमाडौं- आज दिउँसो देशभरका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।सोमबार र मंगलबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

त्यस्तै आज रमती पनि केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर