अमेरिकामा नेपालीहरुले यसरी बडा दशैँ मनाए ( तस्बिरहरु सहित ) — OSNepal

अमेरिकामा नेपालीहरुले यसरी बडा दशैँ मनाए ( तस्बिरहरु सहित )

LC (KTM) October 06, 2022 0

विजय थापा । अक्टोबर ५ ,डिसी महानगर क्षेत्र । अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७९ अर्थात् सन् २०२२ को बिजया दशमी हर्षोउल्लाश साथ मनाएका छन् ।

अमेरिकामा एक छेउ देखि अर्को राज्यमा ३ घण्टा सम्मको समय फरक हुने हुनाले टीका ग्रहण गर्ने काम अझै जारी छ । अमेरिकामा बिजया दशमी बुधबार परेकोले हुनाले बिदा नहुनेहरुले कामबाट आएर पनि टीका परिवारलाई लगाई दिएका छन् । अधिकांश नेपालीहरुले बिदा लिई दशैँ मनाएका छन् ।

अमेरिकामा नेपाली समुदायले टीका ग्रहण गरेका तस्बिरहरु सामाजिक संजालमा ११ :०० बजे देखि पछि देखि धमाधम राख्न थालेका थिए र अझै राखी रहेका छन् । यस पटक कोरोना महामारी नभएको र हरेकले नेपालीले सम्भवत ३ वटा कोरोना बिरुद्ध खोप समेत लगाएकाले निर्धक्क साथ आफन्त, ठूला बडा ,मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप खुसी हुदै टीका ग्रहण गरेका छन् ।

अमेरिकामा अधिकांशले नेपालकै शुभ साइत बिहान ११ बजेर ५१ मिनेट देखि टिका थाप्न सुरु गरे भने कसैकसैले ११ बजे अगाडी पनि लगाएका छन् ।

अन्तरराष्ट्रिय पाँचाङ्ग निर्णायक समितिले बिश्व भरि शुभ साईतको समय निकाली दिएको भएता पनि अमेरिकाका विभिन्न शहरहरुमा १ दिन अगाडी अक्टोबर ४ लगाउने साइत जुराएको भएता पनि अमेरिकामा महानवमी नै देखिएको हुनाले अधिकांश नेपालीहरुले नेपालकै साइतमा लगाएका छन् । तर थुप्रै नेपालीले अघिल्लो दिन नै टीका ग्रहण गरेका छन् ।

अमेरिकाका अधिकांश राज्यहरुमा नेपाली मन्दिर र सामुदायिक केन्द्रले समेत जमरा वितरण गरेका छन् ।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजया दशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

अमेरिकामा दशैको दिनमा सेलरोटि, मासुका विभिन्न परिकार,नेपाली शैलीका अचार ,काक्राको खल्पी तथा शाकाहारीको लागि फलाहार आदि ईत्यादी समेत आफु, परिवार तथा अतिथिहरुलाई खुवाएका छन् ।

बर्ष दिनमा आउने महान चाड दशैंमा नेपाली पोशाक दौरासुरुवाल, भाद गाउले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि बिशेष गरि राता सारी (फरिया) तथा गरगहनामा सजिएका छन् ।

साना बाल बालिकाहरुका लागि दशैं निकै रमाइलो हुने हुनाले अमेरिकामा जन्मिएका बालबालिकाहरु टिका जमरा र खाममा डलर पैसा दिदा निकै दङ्ग परेका देखिन्थे । साना बालबालिकाहरु पनि नेपाली पोशाकमा सजिएका थिए । यस पटक महामारीको प्रभाव कतै नपरेकोले आफ्ना सन्तानहरुलाई सबै ठाउँमा टीका लगाउन समेत लागेका थिए ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद लिई उनिहरुबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर