इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीद्वारा पाँच लाख ७७ हजार सहयोग — OSNepal

इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीद्वारा पाँच लाख ७७ हजार सहयोग

LC (KTM) June 26, 2021 0

सिन्धुपाल्चोक, १२ असार – मेलम्ची–इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट रु पाँच लाख ७७ हजार सङ्कलन गरिएको थियो । सो रकम आज रामकृष्णकी सुपुत्री सुजता श्रेष्ठ सहित दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले मेलाम्ची नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो । यस रकममध्येबाट रेडियो मेलम्चीलाई रु ७७ हजार प्रदान गरिएको छ । रकम बुझ्दै नगर प्रमुख अर्यालले सबैको सहयोगले मात्र बाढी प्रभावितलाई व्यवस्थापन गर्न सकिने र सहयोगका हात जारी राख्न आह्वान गर्नुभयो ।रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताउनुभयो । वाग्गमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची –११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि सहभागिता रहेको थियो ।

राधामाधव समिति नेपालद्वारा राहत – राधा माधव समिति नेपालद्वारा बाढी पहिरो पीडित ५० परिवारलाई राहत वितरण गरेको छ । शुक्रबार पानी फिल्टर ,टुथपेष्ट तथा ब्रस ,सावुन ,टावेल,वाल्टिन लगायतका अत्यावश्यक सामाग्री स्थानीय इन्द्रेश्वरी मा.वि. मेलम्चीमा रहेको जिल्ला दैवी प्रकोप तथा उध्दार समितिको कार्यालयमा हस्तान्तरण गरिएको सस्थाका मेलाम्ची शाखा संयोजक श्याम खड्काले जानकारी दिनुभयो । उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल ,वडा नं ११ का अध्यक्ष रुद्रप्रसाद दुलाल, रेडक्रस सोसाइटि सिन्धुपाल्चोकका सभापति राजेन्द्रमानको उपस्थिति रहेको थियो । यसैबीच राधा माधव समिति नेपाल, सस्थाससंग आवद्ध विद्वत समाज नेपाल र डिवाइसी नेपाल तथा सबै सत्संग केन्द्रका संयोजक समेतको हालै बसेको भर्चुअल बैठकले सातवटै प्रदेशका विभिन्न सत्संग केन्द्रले स्वयंसेवी समूहहरु गठन गरी सहयोग गर्ने निर्णय समेत गरेको छ ।

याङरीको झोलङ्गे पुल मर्मत- गत असार १ गते लार्के र याङरी खोलामा बाढी आएर पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं २ याङरीमा रहेको झोलङ्गे पुल उच्च जोखिममा परेको थियो । बाढीले क्षति पु¥याएको सो पुल गाउँपालिकाले मर्मत सम्भार गर्दै सञ्चालनमा ल्याएको छ । पाँचपोखरी थाङपाल– २ को माथिल्लो भेगका गाउँबस्ती तथा भूभागमा प्रत्यक्ष सम्बन्ध जोडिएको छ । बाढीले जोखिममा पारेको १ सय १० मिटर लामो झोलुङ्गे पुलको मर्मत भएपछि प्रभावित स्थानियबासीले राहत महसुस गरेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर