सामाजिक अभियान्ताद्वारा ग्रामीण क्षेत्रमा सर्जिकल माक्स तथा खाद्यान्न वितरण — OSNepal

सामाजिक अभियान्ताद्वारा ग्रामीण क्षेत्रमा सर्जिकल माक्स तथा खाद्यान्न वितरण

LC (KTM) June 26, 2021 0

अर्घाखाँची ।सामाजिक अभियान्ताहरुले ग्रामीण क्षेत्रका विपन्न परिवार लाई तेस्रो चरणको सहयोग सर्जिकल माक्स तथा खाद्यान्न सनिवार वितरण गरेका छन ।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर – २ ठुलाखार्क निवासी हरि प्रसाद खनालका छोरा समाज सेवी युवा सिव हरि खनालको सहयोगमा सामाजिक अभियान्ता यूवराज थापा लगायतको टिमले चुलो निभेका भुमिकस्थान नगरपालिका वडा नम्बर १ का १० विपन्न घरपरिवार लाई ३०० केजी चामल तथा सर्जिकल मास्क नि:शुल्क वितरण गरेको थियो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ९ को अर्घा गन्धर्व बस्तिमा सामाज सेवि गुरुदेव खनाल लगाएत को उपस्थितिमा १०० घरपरिवार लाई १ हजार पिस मास्क वितरण गरिएको थियो ।यसैगरी सन्धिखर्क नगरपालिका वडा नम्बर – ८ को गाजँरीमा ५० घरपरिवार , भुमिकास्थान नगरपालिका २ का ५० घरपरिवारलाइ एक सय पिस मास्क निशुल्क वितरण गरिएको थियो । अन्दाजी तीस हजार बराबर को मास्क तथा खाद्यान्न सनिवार वितरण गरिएको थियो ।

हामीले सक्ने सहयोग गरेका छौँ । हाम्रो सहयोग थोरै भएपनि महामारीका बेला सहयोग गर्नु हाम्रो दायित्व रहेको समाजसेवी तथा अभियान्ताहरु यूवराज थापा , विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा ,विजय सुनार सागर मरासिनी र मनोज सापकोटा बताउछन ।

महामारीमा आवश्यक परेको बेला एक अर्का लाई सहयोग गर्नु मानवीय धर्म भएको अभियान्ता युवराज थापाले बताए।जिल्लामा चौंथो चरणको खाद्यान्न तथा नि:शुल्क सर्जिकल मास्क वितरण गर्ने कार्यक्रम पनि रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर