तिब्र गतिको ट्र्यान्करको ठक्करबाट दुई बालिकाको मृ त्यु,स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरे — OSNepal

तिब्र गतिको ट्र्यान्करको ठक्करबाट दुई बालिकाको मृ त्यु,स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरे

LC (KTM) June 26, 2021 0

सप्तरी, १२ असार- द्रूत गतिको एक ट्र्यान्करले आज सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृ त्यु भएको छ ।अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो.अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ ख ५४९५ नम्बरको ट्र्यान्करले सितापुर चाँदनी चौकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताए । दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेबी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् । यसैगरी सुमैयाकी परिवारकी सदस्य नविया प्रबिण घाइते भएकी छिन् ।

घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ । मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर