एकैपटक १७ जनामा कोरोना पुष्टि भएपछि बागलुङ तमानखोलाको बोङ्गादोभान सिल — OSNepal

एकैपटक १७ जनामा कोरोना पुष्टि भएपछि बागलुङ तमानखोलाको बोङ्गादोभान सिल

LC (KTM) June 26, 2021 0

बागलुङ- बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकैपटक १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले बजार क्षेत्र एक हप्ताका लागि सिल गरेको छ । बजारमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नं १ बोङ्गादोभान बजारमा मात्रै १७ सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि यही असार १७ गते राति १२ः०० बजेसम्मका लागि बजार पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर