एजेन्सी-हिमान्चल प्रदेशमा निर्देशक आदित्य धर सँग बिवाह बन्धनमा बाधिएका नायिका यामी गौतम दिल्ली फर्किएकी छन् । उनी पति आदित्यसँग एरपोर्टमा देखापरेकी थिइन । सेतो कुर्ता लगाएकी उनी तस्विरमा निकै सुन्दर देखिएकी थिइन् ।
हातमा रातो चुरा लगाएकी उनले सिल्भर रगंको चप्पल लगाएकी थिइन् । दुबैले हातमा ब्रा्रउन कलरको ब्याग समातेका थिए । जुन ४ मा आदित्य र यामीले दुबै परिवारको उपस्थितीमा बिहे गरेका थिए ।
इन्न्स्टाग्रममा फोटो पोस्ट गरेर यि दुईले आफुहरु बिबाह बन्धनमा बाधिएको जानकारी दिएका थिए । फोटो पोस्ट गर्दै उनीहरुले आफ्ना फ्यानसँग आर्शिबाद मागेका थिए । यि दुईले फिल्म उरीद सर्जिकल स्ट्राइकमा एक साथ काम गरेका थिए । फिल्ममा विक्की कौशलका मुख्य भुमिका रहेको थियो ।