गरिबीका कारण पढ्न नसकेकी कविता अहिले बनिन् रातारात करोडपति, छोरालाई पढाउँदै पढ्दै गर्दा आज संसारलाई चकित पारिन्
काठमाडौं । कुनै समय गरिबीका कारण पढ्न नपाएकी कविता चावला अहिले करोडपति बन्न पुगेकी छिन् । गरिबीका कारण उनका बुबाले १० कक्षामा नै पढाई छुटाउन बाध्य बने ।
भारत, महाराष्ट्रको कोल्हापुरकी कविता चावलाले स्वअध्ययन र रोचक कुराहरु पढ्न र सिक्न कहिल्यै नछाडेका कारण उनी अहिले चर्चित शो कौन बनेगा करोडपति १४ को पहिलो करोडपति बनेकी ४५ वर्षीया कविताको जीवनको अहिलेसम्मको यात्रा सहज थिएन ।
कविता थप पढ्न चाहान्थिन् तर उनका बुवाले १० कक्षापछि पढाइ रोकिदिएका थिए । शिक्षिकाले सम्झाएपछि उनका बुवा थप पढाउनका लागि राजी नभएको कविताले बताइन् । कविताले विवाहअघि १२ कक्षासम्मको पढाइ गरेकी थिइन् ।
यसको पूरा श्रेय उनी आफ्ना बुवालाई सम्झाउने शिक्षकलाई दिन्छिन् । अहिले करोडपति बनेकी यी गृहिणीले छोराको हेरचाह मात्रै नभएर सासुको पनि हेरचाह गर्ने जिम्मेवारी आफ्नो काँधमा बोकेर हिँडेकी छिन् । ‘छोरालाई केजीदेखि ८ कक्षासम्म पठाउँदा उनी आँफेले छोराको कोर्स पढ्ने गरेको अनुभवले नै आज करोडपति बनाएको उनी बताउँछिन् ।
कविता भन्छिन् म यसलाई सिकाउन आफैं पढ्थे र मलाई थाहा थियो कि यो अध्ययन पक्कै पनि एक दिन काममा आउनेछ ।’ त्यसपछि उनले सामान्य ज्ञान, देश र विश्वका घटनाक्रममा नजर राख्न थालिन् ।
केबीसीको हट सिटमा १९ र २० सेप्टेम्बरमा उनले ७।५ करोड रुपैयाँको प्रश्नको जवाफ दिन असफल भइन् र खेल छाड्दा पनि उनले एक करोड जितेर घरमा लगेकी छिन् ।