काठमाडौं ।
२० वर्षीय युवकलाई एउटै सर्पले पटक पटक टोकेको छ । भारत, उत्तर प्रदेशको आगरा जिल्लाका २० वर्षीय युवक रजत चाहरलाई पछिल्लो १० दिनमा छैटौं पटक सर्पले टोकेको हो ।
उनलाई पहिलो पटक राती सुतिरहेको स्थानमा आएर सर्पले टोक्नेबित्तिकै करेन्ट लागेको महसुस भयो । उनी चिच्याए लगत्तै अस्पताल लगियो र उनले पुर्नजीवन पाए ।
फेरी अर्को दिन सोही सर्पले रजतलाई अर्को खुट्टामा डस्यो । आगराको दक्षिणी बाइपासमा रहेको थाना मालपुरा क्षेत्रको मन्केडा गाउँका २० वर्षीय युवा रजतलाई तान्त्रिक र बैगीरमा उपचारका लागि लैजाँदै गर्दा पनि परिवारले राहत पाएको छैनन् । सेप्टेम्बर ६ को राति ९ बजे रजत घरबाहिर निस्केकै बेला फेरी सोही सर्पले उनलाई टोक्न पुग्यो ।
त्यसपछि उनलार्य ८ तारिख साँझ र, ११ सेप्टेम्बरमा घरभित्रको कोठामा, १३ तारिख बाथरुममा, १४ तारिखमा जुत्ता लगाएको ठाउँमा र १९ तारिख राती सुतिरहेको अवस्थामा सर्पले टोकेपछि सर्प कतिसम्म मानिसविरुद्ध लाग्दो रहेछ भन्ने एउटा उदाहरण पनि बनेको छ यो घटना । उनलाई डसे लगत्तै उपचारका लागि आगरा–ग्वालियर सडकमा रहेको गाउँ मुबारकपुर पुर्याइयो र उपचार गरिएको परिवारले जनाएको छ ।