काठमाडौं ११ असार । १४ औँ महाधिवेशनको लागि बसेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक सम्पन्न भएको छ। आज दिउँसो बसुन्धारास्थित् दियालो फूडल्याण्डमा बसेको बैठकले महाधिवेशनको पक्षमा एक भएर लागि पर्ने निणर्य गरेको छ ।
बैठकमा वरिष्ठ नेता पौडेलले सभपति शेर बहादुर देउवालाई पार्टी कब्जा गर्न नदिन एक भएर लाग्ने बताएका थिए । बैठकमा अगामी महाधिवेशनको लागि सभापतिको उम्मेदवारमा को को उठ्ने विषयमा छलफल हुँदा नेता पौडेलले स्वभाविक रुपमा आफु सभापतिको उम्मेदवार भएको भन्दै सबैले साथ दिनु पर्ने बताए थिए ।
बैठकमा उपस्थित भएका युवा नेताहरुले भने सभापतिको लागि एक जनाले मात्र उम्मेदवार दिनुपर्ने धारणा राखेका थिए ।