काठमाडौं :
भुटानी अभिनेत्री उगेन छोदेन विहिबार काठमाण्डौं आइपुगेकी छन् । उनी आफु अभिनित फिल्म ‘दुई नम्बरी’को प्रमोसनका लागि नेपाल आएकी हुन् । थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि सामाजिक संजाल मार्फत नेपाल आएको जानकारी गराएकीहुन् ।
थिम्पुबाट काठमाडौं विमानस्थलमा उत्रिएपछि उनले , ‘हेलो नेपाल, नयाँ खबर के छ रु’ भन्दै लेखेकी थिइन् । कोरोना महामारीले प्रभावित यो फिल्मको प्रदर्शन असोज २१ गतेदेखि सुरु हुँदैछ ।
उनी आएसँगै फिल्मको ट्रेलर सार्वजनिक गर्ने र प्रचारप्रसार अभियानलाई अघि बढाउने निर्माताको तयारी छ । उगेनले दयाहाङ राईको अपोजिटमा अभिनय गरेकी छन् ।
फिल्ममा गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङेको निर्माण र ‘पोइ पर्यो काले’ फेम्ड किरण नेपालीको प्रस्तुति रहेको छ । फिल्ममा सौगात मल्ल र उपासनासिंहले पनि अभिनय गरेका छन् । मित्रताको कथा प्रस्तुत गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।