चितुवाको अवैध छाला छ लाखमा बिक्रीबितरण भइरहेको सुचनाका आधारमा स्वयम्भुबाट दुई जना पक्राउ — OSNepal

चितुवाको अवैध छाला छ लाखमा बिक्रीबितरण भइरहेको सुचनाका आधारमा स्वयम्भुबाट दुई जना पक्राउ

LC (KTM) June 25, 2021 0

काठमाडौँ ११ असार । स्वयभुबाट चितुवाको अवैध छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमासिन्धुली जिल्लाको मरिन गाउँपालिका–३ सिरटोल घर भई हाल काठमाडौंको स्वयम्भू बस्दै आएका ३२ वर्षीय सुशीलकुमार वाइबा र सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमले घर भई हाल स्वयम्भू बस्दै आएका कान्छाराम वाइबा रहेका छन् ।

अवैध रुपमा ओसारपोसार गरी चितुवाको अवैध छाला छ लाखमा बिक्रीबितरण भइरहेको सुचनाको आधारमा यी दूईलाई महानगरीय अपराध महाशाखाले आज काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुशन्धान भइरहेको अनुशन्धान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर