बढेको नदीमा हामफालेर बगीरहेकी महिलाको प्रहरीले गर्यो उद्धार , समातेर पतिको जिम्मा लगाइयो — OSNepal

बढेको नदीमा हामफालेर बगीरहेकी महिलाको प्रहरीले गर्यो उद्धार , समातेर पतिको जिम्मा लगाइयो

LC (KTM) June 25, 2021 0

काठमाडौं । बर्दियामा नदीमा हामफालेकी महिलाको प्रहरीले उद्धार गरेको छ । खबर सुने लगत्तै नदीमा पुगेको प्रहरीले ४० वर्षीया जलदैया थारुलाई सकुशल उद्दार गरेको हो ।

बिहीबार दिउँसो ४ः३० बजे भादा नदिमा महिलाले हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले उद्धार गरेको हो । उनलाई बग्दै गरेको अवस्थामा सकुशल उद्दार बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार थारु भारतको बहराईच थाना मोतिपुर ग्राम बलैगाउँकी स्थानीय बासिन्दा हुन् । उनलाई समातेर पति मिश्रिराम थारुको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर