दलित बुहारीलाई सुत्केरी अवस्थामा पति र सासुले गाउँ नै निकाला गरेपछि बबाल — OSNepal

दलित बुहारीलाई सुत्केरी अवस्थामा पति र सासुले गाउँ नै निकाला गरेपछि बबाल

LC (KTM) June 25, 2021 0

झापा । केहि समय अगाडी बलराम कट्टेल नाम गरेका युवा संग प्रेम बिबाह गरेकी २१ बर्षिय तुलसा लोहार अहिले बिजोक अवस्थामा छिन । झापाको साल्बारी माइती भएकी तुलसालाइ दलित भनेर उनका प्रेमी र परिवारले निकालेको भन्दै मिडियामा आएकी छिन ।

झापा हल्दिबारी घर भएकी तुलसा लोहारलाइ प्रेम गरेर बलराम कट्टेलले घर लगे, तर घर पुराएको १० दिन नबित्तै दलित केटिलाइ यहाँ किन राखेको भन्दै सबै आफन्त भेला भएर घर बाट निकालेको उनको भनाइ छ ।त्यस पछि बलराम र तुलसा एउटा कोठा खोजेर डेरामा बस्न थाले ।

८ महिना बसिसकेपछि उनका श्रीमान बलराम कट्टेल पनि उनलाई छोडेर फरार भएको उनले बताएकी छीन । श्रीमानले छोडेर हिन्दा उनि ८ महिनाको गर्बवती अवस्थामा रहेको बताइन । उनका अनुसार परिवारले नै श्रीमानलाइ पनि फकाएर छोडन बाध्य पारेको बताइन ।

अहिले उनि माइतमा बसेकी छिन र १ महिनाको नानि पनि उनका साथ्मा छ तर श्रीमान अहिले सम्म सम्पर्क बिहिन भएकाले न्याय खोज्दै मिडियामा छिन ।यो कुरा गाउलेहरुले ठाडै अस्विकार गरेका छन, यहाँ बाट उनलाई दलित भनेर कसैले पनि नभनेको भन्दै मिडियामा आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर