काठमाडौँ ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले भूराजनीतिक अवस्था भएको हाम्रो देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन नकस्ने बताएका छन् ।
अध्यक्ष थापाले हिजो आयोजना गरिएको विपक्षी गठबनधनको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपतिको भन्दा राजाको शान, मान, इज्जत थियो भनेको विषयमा सहमत जनाई आज ट्वटिर मार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष थापाले लेखेका छन्–”प्रचण्डजीले सहि भन्नु भयो।हाम्रो जस्तो सामाजिक चेतना र भूराजनीतिक अवस्था भएको देशमा पार्टीगत आधारमा निर्वाचित राष्ट्रपतिबाट निष्पक्ष र गरिमामय भूमिका निर्वाह हुन सक्दैन।त्यसर्थ, देशको शान मान र हितको रक्षार्थ संवैधानिक राजसंस्था कायम गरौं।यो असल कामको पहल गर्नुहोस्