नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर गर्यो १५ लाख बाबरको राहत सामाग्री वितरण — OSNepal

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर गर्यो १५ लाख बाबरको राहत सामाग्री वितरण

LC (KTM) June 25, 2021 0

काठमाडौँ, ११ असार । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री वितरण गरेको छ । केही समय अघि आएको बाढिपहिरोका कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका थिए । सोही स्थानमा दुई दिनको यात्रा पछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा आज राहत वितरण गरिएको छ । संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गरेको छ । जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ । राहत सामग्री हरु चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगाएत रहेका छन् ।

बिदाईको क्रममा युवा नेता बस्नेतले राहतको नाममा रकम उठाउँदै आफ्नो व्यक्तिगत व्यवस्थापन गर्ने जस्ता अनियमितता मौलाएको बताउनुभएको थियो । राष्ट्रिय युवा संघले संघ भित्रका स्व ईच्छाले सहयोग गर्न चाहने व्यवसायीक व्यक्तबाट मात्र सहयोग संकलन गरि पारदर्शी वितरण गर्नुपर्ने उहाँले जोड दिनुभयो । संघका अध्यक्ष किरण पौडेलले राहतको निम्ति संघ अनवरत खटिएको र देश भरिबाट राहत सामाग्री संकलन भैरहेको बताउनुभयो ।

संकलित सामाग्री आवश्यक ठाउँमा वितरण गर्ने बताउँदै अन्तिममा सार्वजनिक सञ्चार माध्यम मार्फत संकलित र वितरण भएका सम्पूर्ण रकम तथा जिन्सी सामाग्री पब्लिक अडिट मार्फत सार्वजनिक गर्ने बताउनुभयो । राहत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य, उपहासचिव रामजी सपकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत रहुनभएको छ । टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँबानेश्वरबाट बिदाई गर्नुभएको थियो ।

यस वर्षको मनसुन प्रारम्भ सँगै शुरु भएको वर्षात का कारण २०७८ आषाढ १ गते मनाङ का विभिन्न भु(भाग मा बाढीपहिरो बाट सार्वजनिक संरचना र व्यक्तिका सम्पत्तिको अकल्पनीय क्षति भएको थियो । क्षति स्थलहरु मध्ये घरहरु डुबी बगरमा परिणत भएको मजाङको तालमा ७० घर परिवार घरवारविहिन भएका थिए । उक्त स्थलमा अहिलेसम्म प्रयाप्त राहात सामाग्री पुग्न सकेको थिएन । ञजहाँ पीडा,त्यहाँ राष्ट्रिय युवा संघझ भन्ने मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपालले विगत देखिनै महाबिनाशकारी भुकम्प ,बाढीपहिरो,डुबान,हुरीबतास,महामारी कोभिड(१९ लगायत पिडित परिवारलाई उद्दार र राहात वितरण गर्दै जनसेवामा समर्पित रहेको तथ्य अवगत नै छ । यसै मान्यतामा रहि आज मनाङ स्थित ताल का ७० घरवारविहीन परिवारलाई झण्डै १५ लाख बराबरको जिन्सी सामाग्री र नगद ३ लाख संघका केन्द्रीय अध्यक्ष क।किरण पौडेल ले नासो गाउँपालिका वडा नं।१ का वडाअध्यक्ष झलकमान गुरुङ लाई क्षतिस्थलमै पुगी हस्तान्तरण गर्नुभएको छ ।
हिजो ९२०७८ आषाढ ०९ गते० नेकपा ९एमाले० केन्द्रीय सदस्य एवं युवा ईन्चार्ज क।महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालयमा संघका अध्यक्ष क।किरण पौडेल नेतृत्व को टोलीलाई जिन्सी र नगद हस्तान्तरण गरि विधाई गर्नुभएको थियोे । अध्यक्ष क।किरण पौडेलले नेतृत्व गर्नुभएको राहात सामाग्री वितरण टोलीमा उपाध्यक्ष द्वय क।क्षितिज थेवे र क।अमित लामा ,महासचिव क।रमेश आचार्य ,उपमहासचिव क।रामजी सापकोटा ,सचिव क।गोविन्द बस्नेत,स्थायी कमिटी सदस्य कमरेडहरु सम्राट गौचन,अमित पौडेल,वकिल बम,पेम्बा घले, सन्तोष सिलवाल र बाबू छत्कुली सचिवालय सदस्य कमरेडहरु कृष्ण दत्त जैसी,सुदिप श्रेष्ठ,बेनी कार्की,अभिषेक तिवारी ,राजु पहारी,ऋषि बस्नेत र मदन गुरुङ केन्द्रीय सदस्य कमरेडहरु ह्रदयन्द्र आचार्य ,राजेश श्रेष्ठ लगायत स्थानीय नेता कार्यकर्ताहरु हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर