काठमाडौं- डेल्टा भेरियन्ट यहि गतिमा फैलदै गए विश्वमै सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेका बेला डब्लूएचओले चिन्ता व्यक्त गरेको हो । डब्लूएचओले डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको जनाएको छ । पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको छ ।
अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको छ । संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको डब्लूएचओले जनाएको छ ।डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फैलने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।