काठमाडौं ३० भदौ । नेकपा एकीकृत समाजवादी (एस) का बरिष्ठ नेता झलनाथ खनालले आफुलाई जनताले मत दिनेमा ढुक्क भएको बताएका छन् ।
बिहिबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रममा सहभागी भएका नेता खनालले मुलुकको प्रगतिका लागि पनि जनताले आफुलाई मत दिने बताएका हुन् ।
‘गणतन्त्रका पक्षधर, संविधानका पक्षधर, मुलुकमा स्थायीत्व प्रगतिका पक्षधर र सम्भव हुन्छ भने समाजवादका पक्षधरहरुलाई इलामे जनताले यस निर्वाचनमा सहयोग गर्नुछन् । खनालले भने ।
सत्ता गठबन्धनबीच कार्यगत एकता भएकाले कतिपय विषयमा मतभिन्नता हुनु स्वभाविक भएको तर्क राखेका खनालले इलाम जनताले गणतन्त्रका पक्षधर, संविधानका पक्षधर र मुलुकमा स्थायीत्व पक्षधर मतदाताले आफूलाई मतदान गर्ने दावी गरे ।
अहिलेको सरकारले कतिपय राम्रो काम गरेपनि सरकारको सबैकाम हेरेर ‘पुरै उज्यालो’भनेर टिप्पणी गर्ने अवस्था भने नरहेको बताएका उनले प्रतिपक्षीको निरन्तरको अवरोधका कारणले पनि सरकाले काम गर्न नसकेको बताए ।