काठमाडौं २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानी आकर्षण र सहजीकरणका लागि लगानी बोर्डले परिपक्व भूमिका निर्वाह गरेको बताएका छन् ।
बुधबार लगानी बोर्डले आयोजना गरेको दीगो पुर्वधार लगानी फोरमको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
देउवाले शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताएका प्रधानमन्त्री देउवाले उद्देश्य प्राप्तिका लागि विकास साझेदारहरूलाई सहयोग बढाउ आह्रान समेत गरे ।
साथै, सो अवसरमा प्रधानमन्त्रीले बोर्डले सञ्चालनमा ल्याएको डिजिटल एकल बिन्दु सेवाको समेत उद्घाटन गरे । ।