दाङमा कुलोमा डुबेर दुई बर्षिय बालकको मृत्यु — OSNepal

दाङमा कुलोमा डुबेर दुई बर्षिय बालकको मृत्यु

LC (KTM) September 14, 2022 0

काठमाडौं, २९ भदौ:

धादिङ र दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।
दाङको राप्ति गाउँपालिका–८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर