काठमाडौं :
नेपाल एयरलाइन्सको वाइडबडी ए ३३०को जहाज को टायर फेर्न नसक्दा दिल्ली उड्न सकने । त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १: २५ बजे दिल्ली जाने तयारीमा रहेका २१५ जना र दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु पांग्रा फेर्न नसक्दा विमानस्थलमै अलपत्र परेका छन् ।
जहाजको टायर फेरेर आजै ५ बजेसम्म जहाज उडाउने तयारी भइरहेको बताइएको छ । नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा निगमको छविमै प्रश्न चिन्ह उठेको छ ।
कतिपय यात्रु दिल्लीबाट तेस्रो मुलुक जानु पर्ने हुँदा समस्यामा परेको छ । अहिले यात्रुहरुलाई विमानस्थल भित्रै व्यवस्थापन गरिएको छ ।