अनुपम खेरकी पत्नि किरण छिन् रक्त क्यान्सरबाट पीडित — OSNepal

अनुपम खेरकी पत्नि किरण छिन् रक्त क्यान्सरबाट पीडित

LC (KTM) June 25, 2021 0

मुम्बई । चर्चित बलिउड अभिनेता अनुपम खेरले आफू राजनीतिमा कहिल्यै नआउने बताएका छन् । उनले हिमाञ्चल प्रदेशको राजधानी सिमलामा सञ्चारकर्मीसँग कुरा गर्दै राजनीतिमा नआउने जनाएका हुन् ।

उनले भने, ‘म राजनीतिमा आउने सवाल नै उठ्दैन ।’ सन् २०१७ मा अभिनेता अनुपमले हिमाञ्चल प्रदेश विधानसभा चुनाव लड्ने कुरा चलेको थियो ।

उनले भने, ‘तपाईं कसैसँग हात मिलाउनुहुन्छ भने मानिसहरु उनीहरुको फाइदा अनुसार परिणाम कोर्न लाग्छन् ।’ उनी प्रायः देशको वर्तमान राजनीति अवस्थाबारे सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै आएका छन् ।सौर्य दैनिकमा खबर छ । तर, उनले राजनीतिमा आउने हल्लालाई भने नकारेका छन् ।

उनकी श्रीमती किरण खेरको स्वास्थ्य अवस्थाका बारेमा बोल्दै उनले अहिले सुधारोन्मुख रहेको जानकारी दिए । किरण चण्डिगढबाट भारतीय जनता पार्टीको सांसदमा विजयी भएकी थिइन् । उनी अहिले रक्त क्यान्सरबाट पीडित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर