काठमाडौं । मंगलबार दिभरजसो काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुग्यो । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा रहेका कारण दिनभरको ट्राफिक अस्तब्यस्त बन्न पुग्यो ।
मंगलबारको अस्तब्यस्त टफिकमा कैयौँ बिरामीहरु रोकिए भने एम्बुलेन्सहरु जाममा फसे । यसैबिच निर्देशक निश्चल बस्नेतले जाममा फसेको एउटा एम्बुलेन्सको तस्विर राख्दै ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् । उनले ‘कसैले ती भीआईपीलाई सुनाइदिनु ।
तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’ भनेर फेसबुकमा एम्बुलेन्सको तस्विरसहित पोस्ट गरेको स्टाटस भ ाइरल बनेको छ ।
४ दिने नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज दिनभर र भोली पनि उच्चस्तरिय भेटवार्ता गर्दैछन् । जसका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने ट्राफिक प्रहरीले जनाएको छ ।