सुर्खेत २८ भदौ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका एक बालकले अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ भन्दै प्रश्न गरेका छन् ।
राउटे समुदायका बालबालिकाले बालअधिकारको हतहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् । मुख्यमन्त्री शाहीसँग फोनमार्फत राउटे बालक सुविन शाहीले सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ? प्रश्न गरेका हुन् ।
जवाफमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको भन्दै उनले भने , ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन् , तपाईहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’
साथै, उक्त प्रदेशका एक अर्का एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको भन्दै मुख्यमन्त्री शाहीलाइै गुनासो गरे ।
जसमा मुख्यमन्त्री शाहीले केही जिल्लामा पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।