नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह — OSNepal

नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

LC (KTM) September 13, 2022 0

काठमाडौं २८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न आग्रह गरेका छन् ।

भेटमा दुई पार्टीबीचको सम्वन्ध कुटनैतिक मात्र नभई बैचारिक र भावनात्मक विषय पनि भएको प्रचण्डले बताएका छन् ।

“हामी चीनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस् ।” प्रचण्डले भनेका छन् ।

प्रचण्डले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताए ।

चीनियाँ पक्षको तर्फबाट महामहिम अध्यक्ष चानशुले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरे ।

साथै , उनले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर