कांग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढि शासन गर्दा पनि युवा पलायनदर घटाउने कुनै योजना ल्याउन सकेन : अध्यक्ष लिङदेन — OSNepal

कांग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढि शासन गर्दा पनि युवा पलायनदर घटाउने कुनै योजना ल्याउन सकेन : अध्यक्ष लिङदेन

LC (KTM) September 13, 2022 0

काठमाडौं २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले शिर्ष दलका नेताहरु नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताएका छन् ।

मंगलबार कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापहरुले नै मुलुक समस्यामा पर्दै भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको भन्दै गुनासो पोखेका अध्यक्ष लिङदेनले कांग्रेस, एमाले, माओवादीले तीस वर्षभन्दा बढि शासन गरेपनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको बताए ।

ठूला दलहरुसँग न मुलुक बनाउने स्पष्ट खाका छ, न रोजगारी सिर्जना, कलकारखाना संचालन, बढ्दो युवा पलायनदर घटाउने कुनै योजना नभएको आरोप लगाएका उनले भने,‘जबसम्म निर्वाचनमार्फत् ठूला दलहरु पराजित हुँदैनन् तबसम्म यहि अवस्थाले निरन्तरता पाइरहन्छ ।’

ठूला दलहरुको पार्टी कार्यालय र कार्य समिति मात्र फरक रहेको तर भ्रष्टाचार गर्ने र देशलाई लुट्ने बेला एउटै दलजस्तै हुने गरेको छ । जति शासन गरेपनि एक हजार जना युवायुवतीले रोजगारी पाउने ठाउँ खोल्न नसकेको बताएका उनले दैनिक हजारौंको संख्यामा युवायुवती विदेसिन बाध्य भएको बताए ।

उनले भने ‘मुलुक विदेशीहरुको चंगुलमा फसाउने र लम्पसार पर्ने बाहेक केहि हुन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर