लिको भ्रमणले आज काठमाडौंका सवारी आगमन दिनभर प्रभावित हुने, वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधरणलाई प्रहरीको आग्रह — OSNepal

लिको भ्रमणले आज काठमाडौंका सवारी आगमन दिनभर प्रभावित हुने, वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधरणलाई प्रहरीको आग्रह

LC (KTM) September 13, 2022 0

काठमाडौं २८ भदौ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले आज मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्।

लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । जसका कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधरणलाई राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ ।

आज बिहान नौ बजे देखि रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यसैगरी, दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर