देशभर आक्रामक रुपमा शाखा बिस्तार गर्दै नबिल बैँक, आज ८ स्थानमा एकैसाथ गर्‍यो आठ शाखा विस्तार — OSNepal

देशभर आक्रामक रुपमा शाखा बिस्तार गर्दै नबिल बैँक, आज ८ स्थानमा एकैसाथ गर्‍यो आठ शाखा विस्तार

LC (KTM) September 12, 2022 0

काठमाडौं । नबिल बैंकले एकैदिन आठ शाखा विस्तार गरेको छ । आइतबार बैँकले मंगलबजार, इलाम, मुलपानी, सुरुङ्गा, भागवान पाउ ९डल्लु०, साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो। बैँकले काठमाडौँ उपत्यकाका साँखु, मंगलबजार शाखा, तथा कागेश्वरी मनोहरामा आज शाखा विस्तार गरिउको हो ।

त्यस्तै उपत्यका बाहिरका शाखाहरूमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितीमा तीन शाखाहरू मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले काँकडभिट्टा शाखा, कनकाई नगरपालिका मेयर राजेन्द्र कुमार पोखरेलले सुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरे।
उपत्यका भित्रका शाखाहरूमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखाको उद्घाटन गरेका हुन्।

त्यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौडेल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा मंगलबजार शाखा, तथा कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रूपमा मुलपानी शाखाको उद्घाटन गरेका हुन्। बैंकले कार्यक्रमका अतिथिहरू, बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू एवं बैंकका उच्च पदस्थ अधिकारीहरू तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा आठ नयाँ शाखाको उद्घाटन गर्दै आफ्ना ग्राहकहरुलाई थप सुबिधा दिन यस्तो कदम चालेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर