काठमाडौं २७ भदौ । आज बसेको सत्ता गठवन्धनको बैठक विना निष्कर्ष सकिएको छ । बिहान १० बजे देखि बालुवाटारमा बसेकोअ बैठक विना निष्कर्ष टुंगिएको हो ।
यही मंसिर ४ गते हुने निर्वाचनको लागि सीट बाँडफाँडको विषय टुंगो लगाउन बसेको बैठक निष्कर्षविहिन सकिएको छ ।
दलका शिर्ष नेताहरुले आ आफ्नै अडान लिँदा बैठक सहमतिको नजिक पुगेर स्थगित भएको कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
एउटै सिटमा २–३ पक्षले दाबी गरेको छ, त्यसलाई समाधान गर्न दुई पक्षीय र त्रिपक्षीय र सामूहिक रुपले छलफल भइरहेको पनि कार्कीले जानकारी दिए ।
उनले भने, ‘सबैले लचिलो हुनुको विकल्प छैन, दलहरूको अडान छ, सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौँ ।’