अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन कर्मचारीलाई प्रहरी महानिरीक्षकको निर्देशन — OSNepal

अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन कर्मचारीलाई प्रहरी महानिरीक्षकको निर्देशन

LC (KTM) June 24, 2021 0

काठमाडौँ, १० असार – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उहाँले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गर्नुभयो ।प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँले जिल्ला कमान्डरको आधारभूत भूमिका वहन गरी समग्र सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुन सुझाव दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड–१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आआफ्ना तर्फबाट सक्रियतापूर्वक योगदान पु¥याउनका लागि आवश्यक सुरक्षा योजनाका साथ लाग्न निर्देशन दिनुभयो ।

आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि प्रहरी नेतृत्वलाई व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्न पनि उहाँले सुझाव दिनुभएको छ । उहाँले सीमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधि निस्तेज पार्नका लागि सम्बन्धित निकायसँग आपसी समन्वय बढाउन पनि आग्रह गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयले यही असार ८ गते ५२ प्रहरी उपरीक्षक र ५७ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर