धादिङ अस्पतामा वाग्मती प्रदेश सरकारको ४० लाखको सहयोगमा अक्सिजन प्लान्ट जडान — OSNepal

धादिङ अस्पतामा वाग्मती प्रदेश सरकारको ४० लाखको सहयोगमा अक्सिजन प्लान्ट जडान

LC (KTM) June 24, 2021 0

धादिङ- जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । वाग्मती प्रदेश सरकारको रु ४० लाखको सहयोगमा पहिलो पटक प्लान्ट जडान गरी अक्सिसन उत्पादन शुरु गरिएको हो । जडित प्लान्टबाट प्रतिमिनेट ८५ देखि ९० लिटरसम्मको उत्पादन गरी पाइप लाइनबाट आइसीयू सहित अन्य श्ययामा पु¥याइएको छ ।

प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले आज प्लान्टको आज शुभारम्भ गर्दै स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकार प्रतिवद्ध छ भन्नुभयो । अस्पतालका प्रमुख डा त्रिभुवनचन्द्र झाले कोभिड–१९ सहित अन्य दीर्घ बिरामीलाई उपचार गर्न सहज भएको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले अस्पतालको क्षमता विस्तारमा जोड दिइएको जानकारी दिनुभयो । पचास श्ययाको सो अस्पतालमा अहिले ७० श्यया सञ्चालनमा रहेको छ भने निकट भविष्यमा २०० श्यया तयारीको लक्ष्य राखिएको छ । ––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर