काठमाडौं २७ भदौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको आलोचना गरेका छन् ।
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित मन्त्रीहरु उम्मेदवार भएको अवस्थामा आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचार–प्रसारमा जान नपाउने प्रावधान जारी गरेपछि नेता श्रेष्ठले प्रधानमन्त्री र मन्त्रीहरु निर्वाचन प्रचार–प्रसारमा जान पाउनुपर्ने भन्दै आयोगको आलोचना गरेका हुन् ।
‘बहुदलीय राजनीतिक प्रणालीअन्तर्गत मन्त्री भएका नेताहरुलाई आफ्नो क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारमा जान पाइँदैन भन्न मिल्दैन,निर्वाचन आयोगले यसलाई तत्काल सच्याउनुपर्छ ।’
सोमबार बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा नेता श्रेष्ठले निर्वाचन आयोगले यसलाई तत्काल सच्याउनुपर्ने बताएका हुन् ।