काठमाडौं ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले चर्को पारिश्रमिक माग गर्दै आइरहेका छन् ।
अहिले चल्तिका कलाकारहरुले करिब ५० लाख हाराहारीमा पारिश्रमिक मागिरहेको अवस्थामा नेपाली फिल्महरु अधिकांश फ्ल्प भइरहेको र फिल्महरुले शो नपाइरहेको अवस्था छ । यही अवस्थाकाबिच उदयमान हिरो धीरज मगरले झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’का लागि ४० लाख रुपैयाँ पारिश्रमिक माग्न भ्याए ।
माननुपर्छ धिरजको हिम्मतलाई । तर के निर्माता सुनिल कुमार थापाले धिरजले मागेजति पैसा दिएर ‘भगवत् गीता’मा उनलार्य अनुबन्धित गर्न सक्लान् रु झरनालाई लिएर लोकेसन खोज्न सोमबार जनकपुर जान लागेका सुनिल हाल धिरजको विकल्प पनि खोजीरहेको भएता पनि धिरजलाई निर्माण यूनिटले खेल्ने या नखेल्ने भन्ने निधो दिएको छैन ।
डेब्यु फिल्म ‘इन्टुमिन्टु लण्डनमा’बाट हिट भएपछि धीरजले आफ्नो पारिश्रमिक ह्वात्तै बढाउने हाँट गरे पनि नेपाली चलचित्र षेत्रको वर्तमान अवस्थालार्य भने हेक्का राख्न नसकेको भन्दै उनको चर्को पारिश्रमिकले धेरै निर्माता निर्देशकले उनलार्य आँट्न सकिरहेका छैनन् ।
उनका भन्दा बढी पारिश्रमिक माग गर्ने नायक हुन् अनमोल केसी । अनमोलले ‘छड्के २’मा उनले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको बताइन्छ । त्यस्तै अर्का महंगा हिरो हुन् प्रदिप खड्का । प्रदिप आफ्नो पारिश्रमिकबारे हत्त पत्त खुल्दैनन् । तर उनको पारिश्रमिक पनि अनमोलकै हाराहारिमा भएको बताइन्छ ।