दीपिका पादुकोण र रणवीर सिंहलाई बलिउडको सबैभन्दा मनपर्ने जोडीको रुपमा मानिन्छ। रिलदेखि रियल लाइफसम्म, दुबैको सिजलिंग केमेस्ट्रीले फ्यानहरूलाई सधैं उत्साहित बनाई नै रहेको हुन्छ । रणवीर र दीपिकाको जोडीले पनि फ्यानहरुको अथाह माया पाएको छ । तर अहिले बलिउडको नवविवाहित जोडी क्याट्रिना कैफ र विक्की कौशलको विवाहपछि दीपवीरको आकर्षण घट्न थालेको देखिएको छ ।
आखिर यस्तो किन भयो भन्ने तपाईको मनमा सोच आयो होला । आज हामी यसैका बारेमा तपाईलाई जानकारी गराउन गईरहेका छौ । हालै एयरपोर्टबाट दीपिका र रणवीरको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यो भिडियोमा रणवीर पहिलोपटक आफ्नी प्रेमिका दीपिकाका लागि कारको गेट खोल्दै गरेको देख्न सकिन्छ ।
त्यसपछि अभिनेत्रीसँग फोटो पत्रकारलाई पोज दिएपछि रणवीरले आफ्नी श्रीमतीलाई सार्वजनिक रुपमा किस गरेका थिए । दीपिकासँग रणवीरको यो मायालु पल साँच्चै मीठो थियो। तर केही सामाजिक सञ्जालमा उनको यो हर्कतका बारेमा अनेक टिप्पणी सुरु भएको छ ।
दीपिका र रणवीरले अचेल सिमा नघारै प्रस्तुत हुन थालेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको ठम्याई रहेको छ । किनकी अब यो जोडी क्याट्रिना र विक्कीको जोडीसँग असुरक्षित भइरहेको फ्यानहरुको बुझाई रहेको छ ।