काठमाडौं २६ भदौ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दिपलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
हाल देश बाहिर रहेका सन्दिप चाँडै नेपाल फर्किने भएका छन् । उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहयोग गरिरिन नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह समेत गरेका छन् ।
जिल्ला अदालत, काठमाडौंले भदौ २३ गते सन्दिपलाई पक्राउ पुर्जी जारी गरेको थियो ।