काठमाडौं- ‘हेट स्टोरी २’मा काम गरे पछि चर्चामा आएकी हट नायिका हुन सुरवीन चावला । उनै चावलाले उनले आफू कसरी फिल्ममा चरित्रको सट्टामा ‘कास्टिङ काउच’को शिकार हुनुपरेको थियो भन्दै एक फिल्म उद्योग भित्र लुकेको तितो सत्यलाई बाहिर ल्याए छर्लग्गं पारिदिएकी छन् ।
उनले एक अनर्तवार्तामा यस्तो खुलासा गरेकी हुन् । उनले आफु तीन पटक ‘कास्टिङ काउच’को शिकार भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन् ‘एक समय थियो, जब मलाई एक फिल्म निर्मातासँग जानका लागि भनिएको थियो । एक भूमिकाका लागि निर्देशकले ‘म तिम्रो शरीरको अंगका हरेक इञ्च बुझ्न चाहन्छु’ भनेका थिए । त्यही समयदेखि मैले यस्ता मानिसहरुलाई बहिस्कार गर्दै आएकी छु’, ।
सुरवीनले ती निर्देशक हिन्दी र अंग्रेजी भाषा नबोले पनि तमिल भाषा मात्र बोल्ने गरेको खुलाइन् । निर्देशकको सहायकले सुरवीनलाई फोन गरेर निर्देशकले सुरवीनलाई नजिकबाट बुझ्न चाहेको र फिल्म बनाउनका लागि लामो समय बिताउने सोच बनाएको बताएका थिए । साथै उनको व क्षस्थल र कम्मरमुनिको भाग पनि हेर्न चाहेको पनि खलाइदिएकी छन् । सुरवीनका अनुसार दक्षिण भारतीय फिल्मका ती निर्देशकले राष्ट्रिय पुरस्कार जितिसकेका छन् ।