५८ लाख भारुको साडी लगाएर उर्वशी सार्वजनिक कार्यक्रममा जाँदा सबैको ध्यान तानिन् नायिका उर्वशीले — OSNepal

५८ लाख भारुको साडी लगाएर उर्वशी सार्वजनिक कार्यक्रममा जाँदा सबैको ध्यान तानिन् नायिका उर्वशीले

LC (KTM) June 24, 2021 0

काठमाडौँ । बलिउड चर्चित नायिका उर्वशी रौतेला पछिल्ला दिनमा औधी चर्चामा छिन् । सामाजिक संजालमा आफ्ना तस्विरहरु मार्फत धेरैको ध्यान खिचेकी उर्वशी यतिबेला ५८ लाख भारुको साडीमा सजिँदा बेहुली जस्तै देखिउकी छिन् ।

जुन साडी तयार हुन ६ महिना भन्दा लामो समय लागेको भारतीय मिडियामा उल्लेख छ । समाचारमा जनाइए अनुसार उक्त साडी तयार हुन ७० भन्दा बढी दिन सिल्क थ्रेड्सको रङरोगनमा र करिब २५ दिन बुनाइमा समय लागेको थियो ।

सिद्ध हेमगन्थको जुलुसलाई चित्रण गर्ने यो बहुमूल्य साडी तयार पार्नका लागि कम्तीमा ६०० ग्राम सिल्कको प्रयोग गरेको बताइएको छ । साडी बनाउनका लागि करिब १२ जनाले दुई वर्षभन्दा बढी समय यसमा खर्चिएको बताइएको छ ।

२७ वटा साधारण पटोला साडीका लागि पुग्ने सामाग्रीको यसमा प्रयोग भएको बताइन्छ । ​उर्वशीले यो साडी लगाएर कुनै समयका चर्चित अभिनेता मनोज कुमारकी नातिनी मुस्कान गोस्वामीको हालै ‘प्रि–वेडिङ सेरेमोनी’मा उर्वशी ‘ट्रेडिसनल लुक’मा पुग्दा लगाएपछि उक्त लुक्स भाइरल बनेको हो ।

सुन्दरी उर्वशी यतिबेला तमिल र तेलुगु चलचित्रमा ब्यस्त छिन् । यसअघि उनी अनिल कपुर, जोन अब्रहाम, इलियाना डिक्रुजसँग ‘पागलपन्ती’मा देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर