काठमाडौँ १० असार । संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरु आज प्रदर्शनीमार्गको सडकमा उत्रिएका छन् ।
विपक्षी गठबन्धन दलका भातृ संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले ले आज बिहीबार प्रदर्शनीमार्गमा ‘ए प्रतिगमनका बा अब त अति भो, राष्ट्रलाई क्षति भो,’ कोभिड १९ खोप तत्काल व्यवस्था गर, असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
गत जेठ ७ गते मध्यराति सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेसँगै यसको वि।रोध चौतर्फी भइहेको छ ।