नेपालमा आज पनि संक्रमित भन्दा निको हुनेको सख्या धेरै, २ हजार ५१८ जनाले जिते कोरोना — OSNepal

नेपालमा आज पनि संक्रमित भन्दा निको हुनेको सख्या धेरै, २ हजार ५१८ जनाले जिते कोरोना

LC (KTM) June 24, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्ते सोही अबधीमा २ हजार ५१८ जनाले कोरोना जितेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७० हजार ९५८ पुगेको छ ।

नेपालमा निको हुने दर ९०.७ प्रतिशत रहेको छ । अब नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । त्यस्तै २४ घण्टामा थप २४ जनाको मृ त्यु भएको छ । यो सँगै कोरोनाका कारण मृ त्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा,३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर