नेपालमा कोरोनाबाट निधन हुनेको संख्या पनि घट्न थाल्यो, बिहिबार २४ जनाको मृत्यु — OSNepal

नेपालमा कोरोनाबाट निधन हुनेको संख्या पनि घट्न थाल्यो, बिहिबार २४ जनाको मृत्यु

LC (KTM) June 24, 2021 0

काठमाडौँ । नेािलमा बिहिबार कोरोना संक्रमणबाट २४ जनाको निधन भउको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ८ हजार ९१८ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १।५ प्रतिशत रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख २९ हजार ४३१ जना तथा एन्टिजेन विधिबाट २९ हजार ९३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप २ हजार ५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर