मन्त्री भएको तेह्र दिनमा नै मन्त्री पद चट भएपनि इमान्दारीता देखाए यि नेताले — OSNepal

मन्त्री भएको तेह्र दिनमा नै मन्त्री पद चट भएपनि इमान्दारीता देखाए यि नेताले

LC (KTM) June 24, 2021 0

काठमाडौ । मन्त्री बनेर राम्ररी शुभकामना समेत खान नपाई मनत्री पद चैट भएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले इमान्दारिता देखाएका छन् ।

ओली सरकारका झोले कार्यकर्ता र अन्य मन्त्रीहरुले खाइपाई आएको पद भन्दै महिनौँदेखि पद र कुर्सीमा झुण्डिइरहने ओली परम्परा भन्दा फरक रहेर निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले क्वाटर छोडेका छन् । जाँदा जाँदै उनले क्वाटर मात्रै छोडेनन् उही दिन फिर्ता पठाए सुरक्षा गार्ड र आँफुले प्रयोग गर्दै आएको गाडी पनि ।

सबै सुबिधा फिर्ता गरेपछि उनले सामाजिक सञ्जाल मार्फत आफुले क्वाटर छोडेको जानकारी दिएका छन् । उनी तेह्र दिन मात्रै मन्त्री हुन पाएका थिए । पछिल्लो पटक मन्त्री भएका २० जनाको मन्त्रीपद सर्वोच्चको फैसलाले खाइदिएपछि २० मन्त्रीको मात्रै नभई ओलीको समेत सुातो गएको छ ।

प्रधानमन्त्री ओलीले तत्काल मन्त्री निवास नछाड्नु भनेको कुरा सार्वजनिक भएको भएपनि उनले भने छोड्ने निर्णय गरेर ओली प्रवृत्तिविरुद्ध उभिएर क्ष्इमान्दारीता देखाए ।

मन्त्री पद गए लगत्तै निवर्तमान मन्त्रीहरु बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न पुगे पनि पहाडीले भने बेइमान नेताहरुलाई इमान्दारीको पाठ सिकाए । जाँदाजाँदै उनले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउन इमान्दार प्रयत्न गर्ने समेत उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर