काठमाडौं ।
लोकप्रिय गायक शिव परियारले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्ने समय आएको बताएका छन् । गायक परियारले बुधबार फेसबुकमा आफ्नो धारणा राख्दै नेपालमा पछिल्ला दिनमा बलात्कार व्यवसाय बढेको भन्दै यसलाई समयमा नै नियन्त्रण गर्न नसक्ने हो भने भोलीका दिनमा यसले अझै विकराल परिस्थिती निम्त्याउने उनले बताएका छन् ।
नेपाल सरकारको नाममा सम्बोधन गर्दै गायक परियारले भनेका छन् स् ‘सम्माननीय नेपाल सरकार, यो पेसेवर पीडित भनौंदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नि रु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ?
यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरूको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो । कृपया अनुसन्धान होस् ।’ फेसबुकमा नै उनी अगाडी लेख्छन् यस्ता ब्यक्तिलार्य नियन्त्रण गर्न नसक्ने हो भने भने सबै क्षेत्रका व्यक्ति बलात्कारी भएको देश नेपाल हो भनेर विश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन ।’ पढनुहोस् गायक परियारले लेखेको स्टाटस जस्ताको त्यस्तै