सन्दीप र पीडित किशोरी होटलको ३०५ नम्बरको कोठा सात घण्टा बसेर बिहान फर्किएका , सन्दीप विरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी
काठमाडौं २२ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित कोशोरी काठमाडौं-९ सिनामंगलस्थित होटलमा सात घण्टा बसेको खुल्न आएको छ । पिडित नाबालिगले प्रहरी वृत्त गौशालामा जाहेरी मंगलबार जाहेरी दिएपछि प्रहरीले अनुशन्धान अगाडी बढाएको थियो ।
पितितको बयान अनुसार निजहरु बसेको होटलको सिसिटभी भुटेजबाट निजहरु करिब सात घन्टा बसेर त्यहाँ बसेर फर्किको खुल्न आएको छ । भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिएको छ ।
होटल जाँदा सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको र
किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी फुटेजमा देखिएको स्रोतले जनाएको छ।
प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको जानकारी दिएको छ ।बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ ।