काठमाडौं- चर्चित अभिनेता प्रभाषको मूख्य अभिनय रहेको फिल्म ‘राधे श्याम’ प्रभासको करियरकै सबैभन्दा महंगो फिल्म रहेको छ । राधाकृष्ण कुमार निर्देशन रहेको यस फिल्म प्रेम कथामा आधारित रहेको छ ।
निर्माताले फिल्मको सुटिङ सेटका लागि एक करोड भन्दा बढी खर्च गरेके बताइएको छ । फिल्मको २६ वटा सेटका लागि बजेट नै १ सय ६ करोड छुट्टाइएको भारतिय मिडियाले जनाएका छन् ।
प्रेम दिबसको अवसर पारेर रिलिज भएको यस फिल्मको टिजर पनि दर्शकले निकै रुचाएका थिए । फिल्म हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज हुँनेछ । फिल्ममा प्रभाष, पूजा हेगडे लगायतका कलाकारको अभिनय रहेको छ । यूवी क्रिएसन र गोपीचन्द पिक्चरले टी–सिरिजसँग मिलेर फिल्म निर्माण भइरहेको छ ।