काठमाडौं २२ भदौ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सबैभन्दा कडा आलोचक आफु नै र सबै भन्दा ठूलो रक्षक पनि आफु नै भएको बताएका छन् ।
बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएपछि अध्यक्ष प्रचण्डले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको भन्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खे लेको दावी गरे ।
‘शर्मालाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य छ’ उनले भने।अब आफ्नो सपना राम्रो उत्तराधिकारी तयार होऊन् र तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन् भन्ने रहेको भन्दै प्रचण्डले भने,’तिनले तामाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून्। र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून भन्ने छ ‘ ।