काठमाडौं प्रहरीले भन्यो - अनुशन्धान गर्दा यृष्ठभुमि हेरिन्न , जुनसुकै ओहोदाका व्यक्ति भए पनि निष्पक्षरुपमा अनुशन्धान हुन्छ — OSNepal

काठमाडौं प्रहरीले भन्यो – अनुशन्धान गर्दा यृष्ठभुमि हेरिन्न , जुनसुकै ओहोदाका व्यक्ति भए पनि निष्पक्षरुपमा अनुशन्धान हुन्छ

LC (KTM) September 07, 2022 0

काठमाडौं २२ भदौ । राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको छ ।

काठमाडौं प्रहरी परिसरले बुधबार विज्ञिप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध पीडितका तर्फबाट जाहेरी दर्ता भएको जानकारी दिएको हो ।

विज्ञप्तिमा जाहेरपछि ‘वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर’ –(ओसीएमसी) पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको उल्ल्ेख समेत गरिएको छ ।

यस विषयमा अनुशन्धान गर्दा पीडक भनिएका व्यक्तिको पृष्ठभूमि ख्याल नगर्ने जुनसुकै ओहोदाका व्यक्ति भए पनि स्वतन्त्र र निष्पक्षरुपमा प्रहरीले अनुसन्धान गर्ने
जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

बलात्कारको मुद्दामा प्रहरी त्यसै पनि संवेदनशील छ, अनुसन्धानमा कुनै पनि कसर बाँकी नराख्ने बताएको प्रहरी परिसरले अब घटनास्थलको कागज गराएर थप प्रक्रिया अघि बढ्ने जानकारी गराएको छ ।

यही भदौ ५ गते लामिछानेले काठमाडौं र भक्तुिर घुमाई राति काठमाडौ ल्याई पिंगलास्थिानस्थित होटलमा लगरेर लामिछानेले पटक पटक बलात्कार गरेको पीडित पक्षले बताएको छ ।

प्रहरीबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ । ‘

घटना भएको भनिएको भोलिपल्ट ६ भदौमा सन्दिप टी–२० क्रिकेट खेल्न नेपाली टोलीको नेतृत्व गर्दै केन्या गएका थिए । हाल उनी केन्याबाट क्याराबियन प्रिमियर लिग क्रिकेट ९सीपीएल० खेलका क्रममा जमैकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर