काठमाडौं २१ भदौ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले भोली बुधबार छलफल गर्ने भएको छ ।
समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न शोधनकर्ताहरुलाई बुधबार बोलाएको हो ।
समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका अनुसार छलफल गर्न ‘बुधबार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म संशोधनकर्ताहरुलाई बोलाएको हो ।
संघीय संसद सचिवालयले दिएको जानकारी यो विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसदहरुबाट संशोधन परेको छ ।
साथै, एमालेका सांसदहरुले हत्या, यौनजज्य हिंसा, अपहरण तथा शरीर बन्धक र अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन विपरीत गरिएका अमानवीय कार्यलाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्नुपर्ने भनी संशोधन प्रस्ताव दर्ता गरेका छन् ।